ट्रेन्डिङ

टेक्नोले जनकपुर बोल्टर्सलाई चीन भ्रमणमा लैजाने

काठमाण्डौँ । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को जारी प्रतियोगितामा जनकपुर बोल्टस् शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा चार खेल खेलेको जनकपुर बोल्र्टस्ले ४ खेलमै जित निकालेको छ । प्रतियोगितामा ४ खेलबाट ८ अंकसहित बोल्टस्ले समर्थकको मन समेत जितिरहेको छ ।

यसैबिच जनकपुर बोल्टर्सको गोल्ड पार्टनर, टेक्नोले चीन यात्राको योजना बनाएको छ । खेलाडीहरुको मनमा हौसला बढाउँदै तथा जीतको उत्साहलाई अझै उच्च बनाउँदै टिमका लागि चीनको रोमाञ्चक यात्राको योजना बनाएको हो ।

टेक्नोले जनकपुर बोल्टससँगै विभिन्न अवरोधहरू सामना गरी अवसरहरूको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै