ट्रेन्डिङ

पर्साको बिन्दबासीनीमा १५० जना मोतियाबिन्दुका बिरामी

बीरगन्ज । पर्साको बिन्दबासीनी गाउॅंपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ५ प्रसौनी भाठ्ठामा शिविर सम्पन्न भएको हो ।

श्री मसरुर पव्लिक विधालयको प्राङ्गणमा ‘प्रेम सबैलाई गर कसैलाई घृणा न गर’ भन्ने मुल नाराका साथ एक दिने शिविर सम्पन्न भएको हो ।

केडिया आखाँ अस्पतालको प्रविधि  सहयोगमा र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा शिविर सम्पन्न भएको छ।

शिविरमा ४५२ जनाको आखाँ चेकजाँच गरिएको छ । उनीहरुमध्ये १५० जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् ।

मोतियाबिन्दुको बिरामीको अप्रेसन परवानीपुर केडिया आखाँ अस्पतालमा हुने सो शिविरमा केडिया आखाँ अस्पतालको प्रविधिक डक्टर डा अम्बिका साह, व्यास महतो, कैशल कुमार कर्ण रहेका थिए।

पूर्व प्रदेश सभा सदस्य प्रह्लादलाद गिरीको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर ,केडिया आखाँ अस्पतालका डा.  राज किशोर साह रहेका थिए।

शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दुको विरामी फेलापरेमा निशुल्क केडिया आखाँ अस्पतालमा अप्रेसन हुने स्थानिय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले बताए।

अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै