ट्रेन्डिङ

स्व.महेन्द्रनारायण निधिको जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण

बीरगन्ज । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् गान्धीवादी नेता महेन्द्रनारायण निधिको जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

नेपाली कांग्रेस पर्साको रामगढवास्थित पार्टी कार्यालयमा एक कार्यक्रमबिच पुस्तक लोकार्पण गरिएको हो । कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री रिजालले स्व. महेन्द्र नारायण निधि मधेशका नेता भएपनी सम्पुर्ण नेपाली जनताको मन आफ्नो स्थान बनाएका स्मरण गरे । सम्पन्न परिवारमा जन्मिएका उनले सम्पुर्ण सुख सुविधा त्याग गरी प्रजातन्त्र स्थापनाका लागि उनी उभिएको बताए ।

जनतालाई आफ्नो हक अधिकार प्रदान गर्न स्व. निधिले जीवन अपर्ण गरेको पूर्व मन्त्री रिजालको भनाइ छ ।

यसैगरी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले स्व. निधिको बिचार अवगत गराउन यो कार्यक्रम आयोजना गरेको बताए । स्व. निधीको जीवनीलाई अहिलेका पुस्ताले आत्मसात गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

कांग्रेस पर्साका उपसभापति कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका वरिष्ठ पत्रकार चन्द्र किसोर झा, जसपा नेपालका रामनरेश यादव, नेकपा एकीकृत समाजवादीका बालगोपल थापा प्रदेश सांसद श्याम पटेल, वीरगन्जका उपमेयर इम्तियाज आलम लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका ब्यक्तिहरुलाई पुर्व मन्त्री रिजालले टिका माला लगाएर स्वागत गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै