ट्रेन्डिङ

एनपिएल : पोखराको पहिलो जित, लुम्बिनी निशब्द

कम बलमा अर्धशतक हान्ने खेलाडी बने एन्ड्रिज

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ ।

सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई पछि पार्दै आफ्नो जित हात पारेको हो । उसले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा ग¥यो ।

पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपिएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।

कम बलमा अर्धशतक हान्ने खेलाडी

एनपिएलको आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर ब्याटर एन्ड्रिज गौसले अर्धशतक प्रहार गरेका छन् ।

अमेरिकाका ब्याटरसमेत रहेका उनले २० बलमा ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । यससँगै जारी एनपीएलमा एन्ड्रिज सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले २० बलमा ५२ रन बनाएका हुन् ।

यसअघि प्रतियोगितामा सूदरपश्चिका कप्तान दीपेन्द्रसिंह ऐरीले कम बल २३ बलमा अर्धशतक हानेका थिए । उनले २३ बलमा विराटनगर किङ्सविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

जारी एनपीएलमा एन्ड्रिज अर्धशतक प्रहार गर्ने दशौं खेलाडी बनेका छन् । यसअघि चितवनका रवि बोपाराले दुई अर्धशतक प्रहार गरिसकेका छन् । रोहित पौडेल ब्रान्डन म्याकमुलेन, लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै