धनुषा । विवाहपञ्चमी सप्ताहव्यापी महोत्सव अन्र्तगत अयोध्याबाट आएका जन्तीलगायत अतिथिहरुलाई सम्मान गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले अयोध्याबाट आएका जन्तीलगायत अतिथिहरुलाई सम्मान गरेको हो ।
उमहानगरपालिकाका मेयर मनोज कुमार साहले शुक्रबार एक समारोहबिच अयोध्याबाट जन्तीका रूपमा आएका अतिथिहरूलाई सम्मानित गरेका हुन् ।
अयोध्याका मेयर गिरीशपति त्रिपाठी, राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, विश्वहिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र पंकज लगायतलाई मेयर साहले सम्मानित गरेका हुन् ।
त्यस्तै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरलगायतलाई पनि सम्मान गरिएको थियो । समारोहमा अयोध्याका मेयर त्रिपाठीले राम भगवानको जन्ती बनेर आउने सौभाग्य पाएकोमा हर्ष व्यक्त गरे ।
सो अवसरमा अतिथिहरूका साथै अन्य साधु सन्तलगायतलाई उपमहानगरपालिकाले भोजनसमेत गराएको थियो ।