ट्रेन्डिङ

पत्रकार महासंघको निर्वाचन : प्रेस चौतारी र प्रेस युनियनबिच भागबण्डा लाग्यो, कसलाई कति ?

आज मनोनयन दर्ता

काठमाण्डौँ । यहि मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनबिच भागबण्डा भएको छ ।

महासङ्घको महाधिवेशनमा नेतृत्वका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियनबिच भागबन्डा भएको हो ।

गएराति चौतारी र युनियनका नेताहरूबिच भएको छलफलमा महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीकातर्फबाट अध्यक्षसहित ५ पद लिने भएको छ भने युनियनले ८ पदमा उम्मेदवारी दिने सहमति भएको छ ।

त्यसैगरी जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति भएको प्रेस चौतारीका उपाध्यक्ष राजेश राईले जानकारी दिए ।

उनका अनुसार चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको छ ।

प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ ।

महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै