बीरगन्ज । उपकार सेवा नेपाल नामक संस्थाले एक जना व्यक्तिलाई ह्विल चेयर वितरण गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षा बैरिया निवासी एक जनालाई ह्विल चेयर वितरण गरेको हो ।
संस्थाले शारीरिक रुपले अशक्त स्थानीय ५८ वर्षका खुर्सीद मियाँलाई ह्विल चेयर उपलब्ध गराएको सामाजिक अभियान्ता प्रकाश थारुले बताए । मियाँ पूर्ण अपाङ्ग भएकाले उनको स्वस्थ्यलाई मध्यनजर गर्दै ह्विल चेयर उपलब्ध गराइएको जनाइएको छ ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले उनको घरमै पुगेर एक थान ह्विल चेयर सहयोग गरेकी हुन् ।
सो अवसरमा संस्थाका सदस्यहरु अंकुर शर्मा, सुमन बगेडिया लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।