बीरगन्ज । भन्सार छलीका सामान लोड रहेको आशंकामा प्रहरीले २ करोड मूल्यका सामानसहित ट्रकहरु नियन्त्रणमा लिएको छ ।
प्रहरीले बीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट सामानसहित ट्रकहरु नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा प्रहरीले बीरगन्जबाट काडमाण्डौँका लागि छुटेको ना ४ ख ९८५१ र प्रदेश २-०३-००१ ख ६५५७ नम्बरको ट्रकहरु रोकेर जाँच गरेको थियो ।
सोही क्रममा ट्रकहरुमा लोड रहेका हार्डवेयर तथा औषधीहरुको बबिल बिजक शंकास्पद देखिएकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । बरामद सामानको मूल्यांकन २ करोड ९ लाख ६ हजार ८४२ रुपैँया कायम गरिएको छ ।
सामानसहित ट्रकहरु आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनायो ।