ट्रेन्डिङ

जब तीन वटा भालुले बम्जनलाई एकैपटक आक्रमण गरे…….

सर्लाही । भालुको आक्रमणबाट सर्लाहीमा एक जना घाइते भएका छन् ।

लालबन्दी नगरपालिका वडा नम्बर १३ मा भालुको आक्रमणबाट एक जना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय ५० वर्षका मिठ्ठु भन्ने मानबहादुर बम्जन रहेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–१३, मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।

चामल किनेर घर फर्कर्ने क्रममा उनलाई हिजो अपरान्ह ४ बजे सेतिभिर गाउँ र कर्मडण्डीको बिच भागमा पर्ने चुरेपाखाको जङ्गलमा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

तीनवटा भालुले शरीरको पछाडिपट्टीको भागमा आक्रमण गर्दा बम्जन घाइते भएका थिए । उनी लालबन्दीस्थित एक क्लिनिकमा उपचारपछि घर फर्किएका जनाइएको छ ।

भालुले चिर्थोदा उनको शरीरमा २० भन्दा बढी टाका लगाइएको छ । भालुले आक्रमण गरेपछि बम्जनले रुखमाथि चढेर ज्यान जोगाए ।

सोही बाटो भएर केहि समयपछि अर्का एक जना व्यक्ति आएपछि भालु भागेको तथा त्यसपश्चात मात्र बम्जन रुखबाट झरेर उपचारका लागि क्लिनिक गएका बताइएको छ ।

लालबन्दी १३ को वडा कार्यालयले भालुको आतङ्क देखिएको चुरेपाखाको जङ्गल भएर आउजाउ गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै