ट्रेन्डिङ

बीरगन्जमा बैंकस् लिग क्रिकेट प्रतियोगिता सुरु

बीरगन्ज । बीरगन्जमा बैंकस् लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रामगढवास्थित ज्ञानदा एकेडेमीको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

नेशनल स्पोर्टस् एकेडेमीको आयोजना एवम् ज्ञानदा एकेडेमीको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

बुधबार एक समारोहबिचको आयोजना गरी प्रतियोगिताको उद्दघाटन गरिएको हो । ज्ञानदा एकेडेमीका अध्यक्ष सन्दिप तुल्स्यानको अध्यक्षता तथा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष सिंहले प्रतियोगिताको महत्वमाथि प्रकाश पारे । ज्ञानदा एकेडेमीका सि.इ.ओ. राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र औचित्यबारे जानकारी गराएका थिए ।

कार्यक्रममा वीरगञ्ज बैंक ग्रुपका अध्यक्ष रोहिनी आचार्य, ज्ञानदा एकेडेमीका विनीत लोहिया, र अन्य अतिथिहरूले पनि मन्तव्य व्यक्त गरेका थिए

प्रतियोगितामा वीरगञ्जका विभिन्न १३ वटा बैंकको सहभागीता छ ।

प्रतियोगिता अन्र्तगत उद्दघाटन खेलमा सिद्धार्थ बैंक र एनएमबी बैंकबीच प्रतिस्पर्धा हुनेछ भने अन्य खेलहरूमा प्रभु बैंक र एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंक, सिटीजन बैंक र प्राइम बैंक आमनेसामने हुने आयोजकको भनाइ छ ।

रात्रिकालीन समयमा सञ्चालन हुने प्रतियोगिता साँझ ७ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै