ट्रेन्डिङ

एनपिएल : जनकपुर बोल्र्टस मैदानमा, एक सय ४२ रन पछ्याउँदै

धनुषा । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको खेलमा जनकपुर बोल्र्टसले १४२ रनको लक्ष्य पाएको छ ।

कर्णाली याक्सले जनकपुरलाई १४२ रनको लक्ष्य दिएको हो ।

कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो ।

अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडे । अन्तिम दुई ओभर विदेशी बलरलाई गराउनु जनकपुरका लागि महँगो सावित भयो ।

यसैबिच अहिले जनकपुर ब्याटिङमा छ । यो समाचार तयार पार्दासम्म उसले ११ ओभर मा एक विकेटको क्षतिमा ९२ रन बनाएको छ ।

जनकपुरले पहिलो विकेटमा आसिफ सेखलाई गुमाएको छ । आसिफले ३६ रन बनाएर आउट भए ।

अहिले कप्तान अनिल साह र मिलनथा मैदानमा छन् । कप्तान साहले ४५ रन जोडर अर्धशतक प्रहार गर्ने योजनमा छन् । भने मिलनथाले ७ रन जोडेका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै