ट्रेन्डिङ

बारामा गढीमाई मेलाको रौनक : १६ वटै पालिकामा सार्वजनिक बिदा

बारा । बाराको गढीमाई मेलाको अवसरमा १६ वटै पालिकाले सार्वजनिक बिदा दिने भएका छन् । जिल्लाका १६ वटै पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको बैठकले यसबारे निर्णय गरेको हो ।

हरेक पाँच वर्षका एक पटक लाग्ने गढीमाई मेलाको अवलोकन गर्न चाडपर्व बिदा अन्र्तगत ५ दिनसम्म बिदा दिने निर्णय भएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले बताए । उनका अनुसार मंसिर २१ गतेदेखि २५ गतेसम्म कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

गढीमाई नगरपालिका अन्र्तगतका विद्यालयहरुमा समेत आजदेखि २५ गतेसम्म बन्द गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रामविश्वास चौरसियाले बताए ।

यसैगरी मेलाको अवसर पारे जीतपुरसिमरा उपमहानगरपालिकाले मातहतका सम्पूर्ण वडा कार्यालयहरु, शैक्षिक संस्था, संघ संस्था, बैंक तथा बित्तीय संस्थामा समेत सार्वजनिक बिदा दिने जनाएको छ ।

यहि २१ गतेदेखि २४ गते सम्म मातहतका सम्पूर्ण कार्यालय तथा विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेले बताइन् । उनका अनुसार यस अवधिमा अत्यावश्यक सेवाहरु भने सूचारु रहनेछन् ।

यहि मंसिर २ गते बसेको १६ वटै पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुको बैठकले गढीमाई मेलालाई सफल तथा ब्यवस्थित बनाउने सहमति गरेको थियो । यसैगरी मेलाको व्यवस्थापन गर्नुका साथै त्यस क्षेत्रमा पर्यटकीय, सांस्कृतिक पक्षको बिकास तथा प्रवद्र्धनका लागि लागि २१ गते देखि २५ गते सम्म अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

एक महिनासम्म चल्ने गढीमाई मेलामा आजदेखि मूल मेला सुरु भएको छ । मेलामा नेपाल तथा छिमेकी राष्ट भारत लगायतबाट घुम्न आउनेहरुको घुइँचो बढेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै