ट्रेन्डिङ

गढीमाईमा आजदेखि मूल मेला सुरु, उपराष्ट्रपति यादवले गरे मन्दिरमा पूजाआजा

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा पूजा गरेका छन् ।

उपराष्ट्रपति यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर सोमबार बिहान साढे १० बजे गढीमाई मन्दिरको दर्शन गर्दै पूजा गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिका प्रसाद समेत ग्रहण गरेका छन् ।

गढीमाई मेलाको अवसर पारेर बाराको बरियारपुरस्थित रहेको गढीमाई मन्दिरमा बिदेशी पर्यटकहरुको समेत घुइँचो लाग्ने गरेको छ । प्रत्येक पाँच÷पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाले नेपालको एउटा बेग्लै पहिचान बनाएको छ ।

गढीमाईको दर्शन गर्न भारत लगायत एसिया महादेशको विभिन्न देशबाट दर्शनार्थीहरु आउने गर्छन् । उपराष्ट्रपति रामसहाय यादव आफ्नो गृह जिल्ला पुगेर गढीमाई मेलाको अवलोकन गर्नुको साथ साथै निरीक्षण समेत गरेका छन् ।

यस बर्षको गढीमाई मेला मंसिर १ गते देखि सुरु भएको छ, भने मूल मेला मंसिर १७ गते अर्थात् आजदेखि सुरु भएको छ ।

पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते रङा र मंसिर २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम रहेको मेला मूल ब्यवस्थापन समितिका अध्ययन एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए संगै नेपालका उपराष्ट्रपति लगाएत शिर्ष दलका नेता र मन्त्रीहरुले मेलाको अवलोकन गर्नु नै मेलाको ठूलो सफलता रहेको बताए । गढीमाई मेलाको केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरुले अवलोकन गरिसकेका छन् भने अझै अवलोकन तथा निरिक्षण गर्ने क्रम जारी नै रहेको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ ।

गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख लगाएत मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै