ट्रेन्डिङ

भारतीय नम्बरको गाडीले ठक्कर दिँदा पर्साको बहुदरमाइ नगरपालिकाका जटाशंकर पटेलको मृत्यु

बीरगन्ज । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

आइतबार राती साढे ९ बजे भारतीय नम्बरको गाडीले ठक्कर दिँदा घटनास्थलमै एक युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

बीरगन्ज महानगरपालिका वडा नम्बर- १३ सरिसवापुलमा भएको मोटरसाइकल दुर्घटनामा परी बहुदरमाइ नगरपालिका वडा नम्बर -९ निवासी जटाशंकर पटेलको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

उनका अनुसार राती ड्राइपोर्टतर्फबाट दुइवटा भारतीय गाडी आइरहेको थियो, त्यसैमध्ये एउटा गाडीको ठक्करबाट उनको मृत्यु भएको हो ।

प्रदेस २ -०३-००४ प ५५१४ नम्बरको मोटरसाइकललाइ ठक्कर दिने  ती दुइवटै गाडीलाइ नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै