बीरगन्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल बीरगन्जमा ३७ औँ विश्व एड्स दिवस मनाईएको छ
अस्पताल परिसरमा ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण न्यूनीकारण गर्ने उद्देश्यले अस्पतालले जनचेतनामूलक कार्यक्रम आयोजना गरि दिवस मनाएको हो ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल निर्देशक ईशरत जहा अन्सारीको अध्यक्षता भएको कार्यक्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी, कलेजका प्रबन्ध निर्देशक शाहानवाज अंसारी , कलेजका एकेडेमिक निर्देशक नुशरत जहा अन्सारी, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, प्रधानाध्यापक डा.के. एन. सिंह, सहप्राध्यापक रविशंकर गुप्ता, कलेजका प्रशासन प्रमुख गौसुल आजम लगायतकाको उपस्थिति थियो ।
एड्स अन्त्यका लागि बीएससी पन्ध्रौं ब्याचका सुप्रिया कडरिया, करुणा नेपाल, अर्चना साह, अस्मिता विश्वकर्मा, सफलता श्रेष्ठ, सुमिना श्रेष्ठ, कृति पौड्याल, माया जोसी लगायतले जनचेतनामूलक नाटक प्रस्तुत गरे ।
कार्यक्रम पश्चात् अस्पतालका वार्डमा उपचारत बिामीहरुका लागि फुफूल वितरण गरिएको थियो ।