ट्रेन्डिङ

पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बिमा कार्यक्रम कार्यान्वयन सम्बन्धि गोष्ठी सम्पन्न, बिमा आवश्यक रहेकोमा मन्त्री लेखीको जोड

सप्तरी । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बिमा कार्यक्रम कार्यान्वयन सम्बन्धि गोष्ठी सर्लाहीमा आइतबार सम्पन्न भएको छ ।

मधेस प्रदेशका पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना विमा कार्यक्रम कार्यान्वयन र पत्रकारिता अध्ययन छात्रवृत्ति तथा प्रोत्साहन सम्बन्धि १ दिने गोष्ठी सम्पन्न भएको हो ।

मधेस सरकारका गृहमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यता एवम् आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मन्त्री लेखीले पत्रकारिता पेशा जोखिमयुक्त रहेकोले स्वास्थ्य र दुर्घटना बिमा अति आवश्यक रहेको बताए ।

उनले पत्रकारिता स्वच्छ र निष्पक्ष हुनु पर्ने बताउनु हुँदै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नको लागि प्रविधिमैत्री तालिम र पत्रकारिता अध्ययनको लागि विशेष  छात्रवृत्तिको व्यवस्था गर्न लागेको समेत जनाए ।

मन्त्री लेखीले सञ्चार र पत्रकारिता क्षेत्रमा निकै नै समस्या र चुनौती रहेकोले सम्पूर्ण सञ्चारकर्मीहरुलाई नडग्मगाई समस्या तथा चुनौतीको सामाना गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै