बीरगन्ज । नेपाल रेडक्रस सोसाइटी पर्साले कम्वल तथा शैक्षिक सामग्री वितरण गरेको छ । ३७ औॅं विश्व एड्स दिवसको अवसरमा सामग्रीहरु वितरण गरिएको हो ।
छपकैयास्थित नयाँ जीवन बिकास सेवा समाज एवम् बारा प्लसको संयुक्त आयोजनामा सामान वितरण गरिएको हो । कार्यक्रममा रेडक्रस पर्साका प्रमुख बिरशमशेर कुर्मीले सामान वितरण गरेका हुन् ।
कार्यक्रममा ५३ जना एड्स संक्रमण भएका बालबालिकाहरुलाई कम्बल तथा शैक्षिक सामाग्री एवं स्कुल ब्याग बितरण गरियो ।
कार्यक्रममा रेडक्रस पर्साका उपकोषाध्यक्ष दयाशंकर सिंह, रेडक्रस रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता, नयाँ जीवन बिकास सेवा समाजका संयोजक जवाहर महरा, निता फाउन्डेसनका दिलिप कुमार खड्का, जनस्वास्थ बीरगन्जका सुनिल कुमार कुर्मी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका बिजय कुमार साह, एएचएफ.की रोशनी सरार्फ लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण बारा प्लसका कार्यक्रम संयोजक हुसैन अन्सारीले गरेका थिए ।