बीरगन्ज । टिपरमा ठोक्किएर पर्साका एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा पर्साका एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बीरगन्ज महानगरपालिका वडा नम्बर १४ मुर्लीबगौँचा निवासी ४५ सञ्जय सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनालगत्तै टिपर चालक फरार भएका तथा उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।