ट्रेन्डिङ

रौतहटमा ३ हजार ८७२ मत खस्यो

बीरगन्ज । रौतहटमा ३ हजार भन्दाबढी मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा मध्यान्ह १२ बजेसम्म ३ हजार ८ सय ७२ मत खसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक कुमार रायका अनुसार त्यहाँ तीन वटा नगरपालिकाहरुमा आज उपनिर्वाचनका लागि मतदान जारी छ ।

जिल्लाको ईशनाथ नगरपालिका, गढीमाई नगरपालिका र राजपुर नगरपालिकामा मतदान भइरहेका उनी बताउँछन् । तीन नगरपालिकामा ८ हजार ४ जना मतदाता रहेका छन् ।

ती तिनै स्थानीय तहमा जारी मतदान शान्तिपूर्ण रहेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए ।

मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्ने बताइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै