ट्रेन्डिङ

पर्सामा बाघको आक्रमणबाट एकजना घाइते

२४ भदौ, बीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एकजना युवक घाइते भएका छन् । जिल्लाको जिराभवानी गाँउपालिकामा बाघको आक्रमणबाट एक युवक घाइते भएका हुन् ।

घाइते हुनेमा गाँउपालिकाको वडा नम्बर ५ हरैया निवासी २५ वर्षका दशरथ माझी रहेका छन् ।

डिभिजन वन कार्यालय पर्सा मातहतको राष्ट्रिय वनमा दाउरा लिन गएको समयमा उनलाई आज दिउँसो बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट उनको शरिरका विभिन्न अंगहरुमा चोट लागेको छ । घाइते उनलाई उपचारका लागि शंकरसरैया स्वास्थ्य चौकीमा पठाइएको जनाईएको छ ।

सात जनाको समूह बनाई घाँस दाउरा गएकामध्ये माझीलाई बाघले आक्रमण गरेको बताइएको छ । सँगै गएका माझीका साथीहरुले दाउरा तथा खुर्पा देखाएर बाघलाई भगाएका उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै