ट्रेन्डिङ

उपनिर्वाचन : धनुषामा ४८ प्रतिशत मतदान

धनुषा । धनुषामा ४८ प्रतिशत मतदान भएको छ । धनुषाधाम वडा नम्बर १ मा अहिलेसम्म ४८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालय धनुषाधामले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काका अनुसार आज विहान सवा सातबजेदेखि मतदान सुरु भएको हो । अहिलेसम्म एक हजार ५५१ जनाले मतदान गरिसकेका उनले बताए ।

मतदान अपरान्ह ५ बजेसम्म चल्ने र त्यसपश्चात मतगणना सुरु हुने जनाइएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर १ मा कुल २ हजार ६ सय ३६ मतदाताको रहेको छ । मतदानको लागि तीनवटा मतदान केन्द्र तोकिएको छ ।

धनुषा गोविन्दपुर, वडा नम्बर १ को वडा कार्यालय र मुंग्राहास्थित मतदान निमाविमा केन्द्र रहेको छ ।

उपनिर्वाचनमा वडा नम्बर १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै