जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ३ स्थित एक जेनरल स्टोर्समा आगलागी भएको छ ।
मंगलबार राति करिब साढे ७ बजे रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योग जलेको छ ।
टपरी उद्योगमा तयार भएको ८ लाखको टपरीसहित कच्चा पदार्थ र जेनरल स्टोर्समा रहेको पेपर, प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको संचालकहरु बताएका छन् ।
आगलागी स्थानीय क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । उनका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ, क्षति सम्बन्धी मुचुल्का उठाउन बाँकी रहेको साहले बताउनु भएको छ ।