सर्लाही । ट्याक्टर पल्टिँदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बलरा नगरपालिका वडा नम्बर ९ अचलगढमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको हो ।
मङ्गलबार बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षका रुसतम साह रहेका छन् । परीक्षण नभएको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक साह च्यापिएका थिए ।
उनलाई तत्काल स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।