ट्रेन्डिङ

विद्यार्थी सवार बस दुर्घटना, घाइते भएकामध्ये एक जनाको मृत्यु

चितवन । चितवनमा गत शनिबार पिकनिक खाएर फर्कंदै गरेका विद्यार्थीहरु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आराम्भ पोखरेल छन् । उनको आज बिहान ५ बजे मृत्यु पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गत शनिबार कालिका–४ स्थित चित्रवन स्कुलका विद्यार्थीहरु उपरदाङ्गगढीमा पिकनिक गएर फर्किंदै गर्दा उनीहरु सवार मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस कालिका–९ मा दुर्घटना भएको थियो । बस दुर्घटनामा २८ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै