ट्रेन्डिङ

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ । दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका(३ घर भई हाल तुलसीपुर(९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रकम खड्काले जानकारी दिए ।

लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज बिहान चार बजे दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार डाँगीको मृत्यु भएको थियो । उनलाई उपचारका लागि लमही अस्पतालमा लगिएकोमा प्रहरीले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक रोशक विकको अवस्था सामान्य छ । उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै