हेटौँडा । मानव बेचबिखन गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
भारतको बाटो हुँदै विदेश पठाउने भन्दै मानव बेचबिखन गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मकवानपुरको हेटोँडा उपमहानगरपालिका वडा नम्बर १४ निवासी ४४ वर्षका राजु भन्ने राजुकमार थिङ रहेका प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि पाँच युवतीलाई बेचविखनको प्रयास गरेको आरोप छ ।
थिङले निशुल्क विदेश पठाउने भन्दै सुनौली जाने बसमा चढाउन लाग्दा चितवन प्रहरीको टोलीले थिङलाई नियन्त्रणमा लिइ पाँच युवतीको उद्धार गरेको प्रहरीको भनाइ छ ।