ट्रेन्डिङ

बाराबाट ६ जना फरार प्रतिवादी पक्राउ

बीरगन्ज । बाराबाट प्रहरीले ६जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाइ फरार भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी इकाइ कार्यालयहरुबाट खटिएका प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बस्दै गरेको अवस्थाबाट प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटोले बताए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा सुवर्ण गाउँपालिका वडा नं.२ कवहीगोठ बस्ने राजिब यादब, धर्मबिस यादब, सिम्रौनगढ नगरपालिका वडा नं.८ अनुरू कुमार यादव, निजगढ नगरपािलका वडा नं.३ बस्ने मंललाल भन्ने मंगल बहादुर पाख्रिन, कलैया उपमहानगरपालिका वडा नं १८ मोतिसर बस्ने श्याम कुमार बैठा र कलैया उपमहानगरपालिका वडा नं १२ सितलपुरका मनोज साह रहेका छन् ।

पक्राउ पर्नेहरुमा ४ जना चेक अनादर तथा एक जना कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी छन् । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै