बीरगन्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको आयोजनामा पार्टी सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ अभियान अन्र्तगत कार्यक्रम सम्पन्न भएको हो ।
मधेस सरकारका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीको उपस्थितिमा पर्साका विभिन्न स्थानहरुमा कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा बीरगन्ज–३२ टेडा निवासी शेरबाबु जसपा नेपाल प्रवेश गरेका छन् ।
यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटांगा निवासी नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव मिलन यादवसमेत जसपा नेपाल प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई पूर्वमख्यमन्त्री गद्दी, जसपा नेपालका सिंहासन साह कलवार, शशिकपुर मिया, रामनरेश यादव, सुरेन्द्र कुर्मी , संतोष सरार्फ, सुधिर पाण्डे लगायतले टीका लगाएर पार्टीमा स्वागत गरे ।