बीरगन्ज । समाजवादी प्रेस संगठन नेपाल पर्साको दोस्रो बैठक सम्पन्न भएको छ । बैठक बुधबार बीरगन्जस्थित नेपाल पोष्ट डेलीको कार्यालयमा सम्पन्न भएको हो ।
संगठनका पर्सा अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले संगठनका सदस्य स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा गर्ने निर्णय गरेको छ ।
उनको निधन भएकै दिन अर्थात् मंसिर १५ गते उनको दोस्रो स्मृति सभा बीरगन्जमा आयोजना गर्ने निर्णय बैठकले गरेको अध्यक्ष सुमनले बताए ।
यसैगरी दोस्रो स्मृति सभामा संगठनले स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार समेत वितरण गर्ने निर्णय गरेको उनले वताए ।
यस बर्षदेखि वितरण गरिने पुरस्कारको राशी रु २१ हजार तय गरिएको संगठनका पर्सा उपाध्यक्ष हरिशंकर मिश्रले बताए ।
यस्तै बैठकले पत्रकारिता पुरस्कार वितरणको लागि व्यक्ति छनौट गर्न तीन सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, सल्लाहकार संजय साह र संगठन पर्सा अध्यक्ष सुमन छन् ।
आजको बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनोज पटेल लगायतको उपस्थिति रहेको थियो । भने बैठकको सहजीकरण संगठनका पर्सा सचिव बिनोद पटेलले गरेका थिए ।