रौतहट प्रहरीद्वारा झण्डै ३६ लाख रुपैँया राजश्व संकलन

रौतहट । रौतहटबाट प्रहरीले चालु आर्थिक वर्षमा झण्डै ३६ लाख रुपैँया राजश्व संकलन गरेको छ । चालु आर्थिक पहिलो चार महिनामा ३६ लाख रुपैँया संकलन गरेको हो ।

साउनदेखि कात्तिकसम्म तीन हजार ९९४ वटा सवारीलाई कारबाही गरि उक्त रकम संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यो समयमा प्रहरीले ३५ लाख ८३ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताए ।

उनका अनुसार ट्राफिक नियमको उल्लंघन गर्नेहरुमाथि कारबाही गरी उक्त रकम बराबरको राजश्व संकलन भएको हो । यसरी नियम विपरित जानेहरुमा सबैभन्दा बढी मोटरसाइकल छन् ।

यसैगरी सोही अवधिमा जिल्लाभर २ सय २१ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परि १६ जनाको मृत्यु भएको छ । भने ३९४ जना घाइते भएका ट्राफिक प्रहरीको तथ्यांक छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै