ट्रेन्डिङ

बीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्नुपर्छ : प्रभु साह

बीरगन्ज । आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले बीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् । पर्साको निचुँटामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्दै सोही बमोजिम बिकास निर्माणका कार्यमा अघि बढ्नुपर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले देशमै बढी उद्योग कलकारखाना भएको तथा यहिबाट सबैभन्दा बढी आर्थिक गतिविधि हुने भन्दै वीरगन्ज क्षेत्रलाई आर्थिक राजधानी घोषणा गर्नुपर्नेमा उनको जोड दिएका हुन् ।

मुलुकको ८० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन यही क्षेत्रबाट हुँदै आइरहेको भए पनि यस क्षेत्रको विकासमा राज्यले उपेक्षा गरेको उनको गुनासो छ ।

आजपा मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको सोही आमसभालाई सम्बोधन गर्दै साहले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सीमावर्ती क्षेत्रका नागरिकलाई दुख दिइरहेको आरोप लगाए ।

कमिसनको लोभमा निजी सम्पत्ति लुट्ने गरिएको बताउँदै उनले त्यसको हिस्सा तलदेखि माथिसम्मकाले बाँडेर खाने उनको आरोप छ ।

सीमावर्ती क्षेत्रका नागरिकको निजी सम्पत्ति लुटेर भन्सारको कानूनमा ४५ प्रतिशत कमिसन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले यसका बिरुद्धमा कडा आन्दोलनको आवश्यकता भएको औल्याए ।

प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको बताउँदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतंक मचाइएको समेत दाबी गरे ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै