ट्रेन्डिङ

बाराबाट ८ जना फरार प्रतिवादी पक्राउ

बीरगन्ज । बाराबाट प्रहरीले ८ जना फरार प्र्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भइ फरार भएका ८ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी इकाइ कार्यालयहरुबाट खटिएका प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको हो । उनीहरुलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बस्दै गरेको अवस्थाबाट प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटोले बताए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा निजगढ–८ बस्ने नानसाइली भन्ने माया गोले, सोही ठाउँका अर्जुन थापा भन्ने बालकृष्ण थापा, इन्दिरा थापा, निजगढ–९ निवासी खडक राज मैनाली, निजगढ–२ का सागर राई रहेका छन् ।

यसैगरी बिश्रामपुर गाउँपालिका–२ बरैनियाका रुपेश यादव भन्ने अर्जुन राय यादव, परवानीपुर–३ लिपनीमालका जयप्रकाश प्रसाद यादव तथा कलैया–४ अदालत रोडका शिब मंगल राम रहेका प्रहरीको भनाइ छ ।

उनीहरुमाथि लागु औषध, चेक अनादर, सवारी दुर्घटना, डाँका, कुटपिट अंगभंग तथा चेक अनादर मुद्दाका प्रतिवादी छन् । उनीहरुलाई जरिवाना तथा कैद सजाय सुनाइएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनायो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै