बीरगन्ज । कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी भएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा भएको खेलमा फराकिलो रन अन्तरले अग्नी ग्रुप बिजयी भएको हो ।
बुधबार भएको खेलमा उसले ओम्नी ग्रुपलाई ८६ रन अन्तरले पछि पारेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अग्नीले निर्धारित ६ ओभरमा एक सय १४ रन बनायो ।
जवाफी ब्याटिङमा उत्रिएको ओम्नी भने पूरै ओभर खेलेर २८ रनमै अलआउट भएको हो ।
खेलमा अग्नी ग्रुपका सुवास म्यान अफ दि म्याच घोषित भएका छन् ।
प्रतियोगिता लायन्स क्लब अफ वीरगन्ज परिवार र स्पोटर्स एकेडेमीको संयुक्त आयोजना गरेको हो । प्रतियोगितामा वीरगन्जको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको आयोजकले जनाएको छ ।