ट्रेन्डिङ

टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा सोमबार टिपरको ठक्करबाट गम्भीर घाइते हुनुभएका रमेश दाहालको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार कानेपोखरी –२ दलेली बजारका ३५ वर्षीय रमेशको उपचारका क्रममा बिहान ८ः२० मा मृत्यु भएको हो । दाहालको झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो ।

दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मोतीदान कन्ट्रक्सन प्रालिको बा।प्र ०३–००१क –०२७४ नम्बरको टिपरले मङ्गलबार बिहान साढे ८ बजेतिर दाहाललाई ठक्कर दिएको थियो । सडकमा हिँडिरहेका दाहाल फरक क्षमताका व्यक्ति हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै