जनकपुरधाम । मधेस सरकारका मुख्यमन्त्री सतिस सिंहको उपस्थितिमा अयोध्यामा तिलकोत्सव समारोह सम्पन्न भएको छ ।
भारतको उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्यामा तिलकोत्सव समारोह सम्पन्न भएको हो । त्रेता युगमा भगवान् राम र सीताको विवाहलाई स्मरण गर्दै जनकपुरधाममा मनाइने साताव्यापी विवाह पञ्चमी महामहोत्सवको तिलकोत्सव समारोह अयोध्याधाममा सम्पन्न भएको जनाइएको छ । विश्व हिन्दु परिषद् नेपालको नेतृत्वमा मुख्यमन्त्री सिंहसहितको टोली सीताको माइती अर्थात् नेपालको जनकपुरधामबाट आइतबार तिलकोत्सवको कोसेलीसहितको निमन्त्रणा लिएर अयोध्या प्रस्थान गरेका थिए ।
अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहकाबिच मधेशका मुख्यमन्त्री सिंहले जनकपुरधाममा हुने सप्ताहव्यापी विवाह पञ्चमीमा महोत्सवमा सहभागीकम लागि आमन्त्रित गरे । उनले राम र सीताको विवाहले दुई राष्ट्रबिचको सम्बन्ध त्रेता युगदेखि कायम रहेको हुँदा उक्त सम्बन्धलाई अझ प्रगाढ बनाउन जनकपुरधाममा अयोजना हुने साताव्यापी विवाह महोत्सवमा सहभागी हुन राम जन्मभूमिका महासचिव चम्पत रायसहितलाई आग्रहसमेत गरे ।
यस्तै राम जन्मभूमिका महासचिव चम्पत रायले पूर्वजले निरन्तरता दिँदै आएको परम्परालाई हामीले पनि निरन्तरता दिँदै रामसीताको विवाहको स्मरणमा मनाइने विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउने बताए ।
राम र सीताको विवाहसँग जोडिएको महìवपूर्ण धार्मिक तथा संस्कृति कार्यका रूपमा तिलकोत्सव समारोहलाई लिने गरिन्छ ।