सर्लाही : आगोले पोलेर घाइते भएकी महिलाको ९ दिनपछि मृत्यु

सर्लाही । खाना पकाउने क्रममा आगोले पोलेर एक जना महिलाको मृत्यु भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा खाना पकाउने क्रममा आगोले पोल्दा एक जना महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर ६ झन्झट टोल बस्ने ३८ वर्षीया नैमुन खातुन रहेकी प्रहरीले जनाएको छ ।

गत कार्तिक २५ गते बिहान आफ्नै घरमा खाना पकाउने क्रममा सुपर कम्पनीको ग्यास सिलिन्डरबाट अचानक ग्यास लिक भएर आगो सल्किएको थियो ।

आगो सल्किन गई आगलागी हुँदा नैमुनको छातीदेखि तलको भाग ७० प्रतिशत तथा उनकी छ‍ोरी १९ वर्षकी आशो खातुनको दुवै हात १५ प्रतिशत जलेको थियो ।

आगोले पोलेर घाइते भएका दुवै जनालाई गोदावारी हेल्थ केयर बयलबासमा सामान्य उपचारपछि थप उपचारका लागि वर्ण केयर अस्पताल किर्तिपुर पुर्याइयो ।

तर अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै उनलाइ फर्काइ दिएका थिए । उनलाई पून: भरतपुर अस्पताल पुर्‍याइ उपचार गर्ने क्रममा उनको आज मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

नैमुनकी छोरी आशो भने उपचारपछि डिस्चार्ज भइ घर फर्किएकी सर्लाहीका डिएसपी दीपक श्रेष्ठले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै