ट्रेन्डिङ

कप्तान पूजा महतो जनकपुर बोल्ट्सको ‘फेस अफ दि बोल्ट्स’ घोषणा

धनुषा । यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई जनकपुर बोल्ट्सको ‘फेस अफ दि बोल्ट्स’ घोषणा गरेको छ ।

जनकपुरमा सोमबार आयोजित कार्यक्रममा पूजालाई आफ्नो टिमको ‘फेस अफ दि बोल्ट्स’ घोषणा गरेको हो ।

सो अवसरमा जनकपुर बोल्ट्सले उनलाई ५० हजार नगदसहित सम्मानित समेत गरेको छ ।

कार्यक्रममा बोल्दै महतोले आफूलाई फेस अफ द बोल्टस बनाएर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जनकपुर टिमलाई धन्यवाद ज्ञापन गरिन् ।

पूजाको कप्तानीको यू–१९ राष्ट्रिय महिला टोलीले एशियाबाट छनौट हुँदै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

एशिया छनौटमा उत्कृष्ट प्रदर्शन गरेकी महोत्तरीकी पूजालाई जनकपुर बोल्ट्सले ‘फेस अफ दि बोल्ट्स’ मार्फत टिममा समावेश गरेको हो ।

जनकपुर बोल्ट्सको मार्की प्लेयरमा वीरगन्जका आशिफ शेख छन् भने नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके टिमको मुख्य प्रशिक्षक छन् ।

बाराका अनिल साह पनि जनकपुर बोल्ट्समै अनुबन्धित छन् ।

एनपीएल यहि मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै