
बारा । राष्ट्रिय महिला क्रिकेट टोलीकी अलिशा यादवलाई मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवालले सम्मान गरेका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर ९ निवासी क्रिकेटर यादवलाई मन्त्री जयसवालले उनको घरमै पुगेर सम्मान गरेका हुन् ।
मन्त्री जयसवालले यादवको बुवा र आमालाई समेत सम्मानित गरेका हुन् ।
सो अवसरमा यादवका परिवारका सदस्य, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभास जयसवाल, बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया, कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुदिन मन्सूर, कलैया-९ को अध्यक्ष पुरुषोत्तम पाण्डे, वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव, वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी, ब्राईट् ल्यान्ड बोर्डिङका सन्चालक मनोज यादव, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।
त्यसअघि मन्त्री जयसवालले सिदेश्वर खेल परिषरको समेत अनुगमन गरि आवश्यक पुर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
खेलाडीहरु विभिन्न कारणले भौतारिरहेको देख्दा निकै दुख लाग्ने गरेको उनको भनाइ थियो ।
राष्ट्रका लागि आफ्नो हरेक उर्जा प्रदर्शन लगाउने खेलाडीहरुका लागि मधेस सरकारले योजनाहरु ल्याउने उनको आश्वासन छ ।
मन्त्री जयसवालले सिदेश्वर खेल मैदान र कलैयाले राष्ट्रका लागि गौरवयोग्य खेलाडी उत्पादन गरेकोमा खुसी जनाए । उनका अनुसार त्यस क्षेत्रमा आवश्यक खेल पूर्वाधारसहित विभिन्न प्रतियोगीता आयोजना गराउन पहल गर्ने जानकारी दिए ।
नेपालले बुधबार भएको खेलमा यूएईलाई पछि पार्दै यहि जनवरीमा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा आफ्नो ठाँउ सुरक्षित गरिसकेको छ ।
टोलीमा कप्तान पुजा महतो, सना प्रविन र अलिशा कुमारी यादव मधेश प्रदेशका खेलाडी हुन् ।