बीरगन्ज । बाराको निजगढमा एक जना नाबालिका बलात्कृत भएकी छन् । नगरपालिकाको वडा नम्बर १३ मा एक जना नाबालिका बलात्कृत भएकी हुन् ।
स्थानीय १२ वर्षीय बालिकाको सोमबार बिहान बलात्कार भएको बारा प्रहरीले जनाएको छ ।
उनलाई चकलेटको प्रलोभन देखाएर ललाईफकाई गर्दै जंगलमा लगि घरनजिकैका एक जना पुरुषले बलात्कार गरेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
बालिकाको हाल निजगढकै स्थानीय अस्पतालमा स्वास्थ्य परिक्षण भइरहेको उनी बताउँछन् ।
उनका अनुसार बालिकाको अवस्था सामान्य छ ।
यसैबिच बालिकाको बलात्कार घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा स्थानीय ४१ वर्षका एक पुरुष रहेका प्रहरीको भनाई छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम गोप्य राखिएको बारा प्रहरीले जनायो ।