ट्रेन्डिङ

नेपाल एयरलाइन्सको मकालु ९९एन(एएलजेड) विमानको नियमित उडान सुरु

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु ९९एन(एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि(चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनस् उडान सुरु गरेको हो ।

आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानले कुवेतबाट १७१ जना यात्रु ल्याएको थियो । फर्किंदा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना लिएर उडेको छ ।

मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै