सप्तरी । उपनिर्वाचनका लागि सप्तरीबाट १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि जिल्लाबाट दुई जना स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
रिक्त रहेको दुई वडामा अध्यक्ष पदका लागि आईतबार दुई जना स्वतन्त्र सहित १७ जनाको उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगको कार्यलयले जनाएको छ ।
जसमध्ये डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ बाट एक स्वतन्त्र सहित ९ र वडा नम्बर ४ मा ८ जनाले उम्मेदवारी दिएका छ्न ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार वडा नम्बर १ का वडाध्यक्ष प्रितमलाल चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष हरि रायको निधन भएका कारण रिक्त भएका दुवै वडामा उपनिर्वाचन हुन लागेको हो ।
नेपाली काङ्ग्रेसबाट वडा नम्बर १ मा भुलिया देवी चौधरी र वडा नम्बर ४ मा जोगेन्द्र रायको उम्मेदवारी दर्ता भएको छ । भुलियादेवी चौधरी प्रितमलाल चौधरीकी पत्नी हुन् ।
त्यस्तै नेकपा एमालेबाट वडा नम्बर १ बाट भगवानी साह र वडा नम्बर ४ बाट सञ्जय यादवको उम्मेदवारी परेको छ ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा)ले वडा नम्बर १ को अध्यक्ष पदमा धिरेन्द्र साहलाई उम्मेदवार बनाएको छ भने वडा नम्बर ४ मा देवेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १ र ४ मा क्रमशः प्रमोद कुमार संत र भागवत रामले उम्मेदवारी दिएका छन् ।
यस्तै नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय प्रजातन्त्र पार्टीहरुबाट पनि उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा सुनिल साह र सियाकान्त चौधरी रहेका छन्।
क-कसले दियो उम्मेदवारी (सूचि)