ट्रेन्डिङ

पर्सामा राजनीतिक दलको बैठक, जिल्लाको बिकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय

बीरगन्ज । सत्तारुढ दलका नेताहरुको बैठक पर्सामा सम्पन्न भएको छ । बीरगन्जस्थित होटल मकालुमा आईतबार बैठक सम्पन्न भएको हो ।

बैठकले पर्सा जिल्लाको समग्र विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

जिल्लाबाट संघ तथा प्रदेश सरकारका सहभागी मन्त्रीहरुसमक्ष छलफल गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने सहमति भएको मधेस सरकारका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले बताए ।

जिल्लाको विकास निर्माण र अन्य मागको मस्यौदा तयार गर्न नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी र नेकपा एमाले पर्साका सचिव महेश दासलाई जिम्मेवारी दिने निर्णय समेत भएको मन्त्री क्षेत्रीले जनाकारी दिए ।

नेपाली कांग्रेस पर्साका सभापति समेत रहेका मन्त्री क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस उप–सभापति रामनारायण कुर्मी, जिल्ला सचिव दिनेश चौधरी तथा नेकपा एमालेबाट केन्द्रीय सदस्य एवम् पर्सा इन्चार्ज प्रभु हजरा, जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्मा र जिल्ला सचिव महेश दास लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै