रौतहट । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि रौतहटको तीनवटै वडाको अध्यक्ष पदको उम्मेदवारलाई टिकट वितरण गरेको छ।
जिल्लाको गढीमाई नगरपालिका -८, राजपुर नगरपालिका -६ र इशनाथ नगरपालिका-७ गरी तीन ठाउँमा उपनिर्वाचन हुन लागेको छ।
नेपाली कांग्रेसले यसअघि नै चयन गरेका यी तीनवटै वडाको अध्यक्ष पदका उम्मेदवारलाई आज टिकट वितरण गरेको कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
कांग्रेसबाट गढीमाई नगरपालिका-८ मा सुबोध कुमार यादव, राजपुर नगरपालिका-६ मा सम्से आलम र इशनाथ नगरपालिका-७ मा शेख अब्दुल खलिकले टिकट पाएको उनले बताए ।
उपनिर्वाचनमा तीनवटै वडामा कांग्रेसका ठूलो जनाधार रहेकोले मंसिर १६ गते हुने उपनिर्वाचनमा तीनवटै वडा कांग्रेसले नै जित्ने गुप्ताको दावी छ।
आज मङसिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेकोले मनोनयन दर्ता कार्यक्रममा भारी संख्यामा नेता कार्यकर्तालाई सहभागी हुन उनले सबैलाई आग्रह गरे ।
आगामी मंसिर १६ गते आइतबार रिक्त पदहरूमा रौतहट सहित देशैभर स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।