कुम्हालटोल सुधार समिति बीरगन्जले खुवायो निशुल्क भोजन

बीरगन्ज । कुम्हालटोल सुधार समिति बीरगन्जले निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ । रेल्वेरोडस्थित पञ्चमुखी हनुमान मन्दिर अगाडि समितिले निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको हो ।

सो अवसरमा रिक्सा तथा ई-रिक्सा चालक, गरिब, असहाय, दलित तथा निमुखाहरुलाई निशुल्क खाना खुवाइएको समितिका अध्यक्ष नन्दलाल राउत अहिरले बताए ।

समिति अध्यक्ष अहिरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अशोक गुप्ता, सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, सल्लाहकार सदस्यहरु गौरी गुप्ता, सुरेन्द्र मिश्रा, मनोज मिश्र, बिजय अग्रवाल, मुन्ना सोनी, रामबाबु रायमाझी, अमित बस्नेत, गोबिन्द ताम्राकार लगायत स्थानिय अग्रज ,महिला तथा युवाहरुको सहभागिता रहेको थियो।

समितिले हरेक महिनाको १ दिन अर्थात् पहिलो शनिबार निशुल्क रुपले खाना खुवाउने गरेको समितीका सहसचिव रितेश गुप्ताले जानकारी गराए ।

आजको खानामा दाल,भात, काउलीको तरकारी र हरियो खुर्सानी खुवाइएको जनाईन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै