शिखर इन्स्योरेन्स कम्पनी बीरगन्जको आयोजनामा रक्तदान

बीरगन्ज । शिखर इन्स्योरेन्स कम्पनी बीरगन्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आदर्शनगरस्थित सोसाइटी कम्प्लेक्समा कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको २१ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । सो अवसरमा २ महिलासहित ५८ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा निशा कुमारी पटेल, हरिओम ठाकुर, श्रीराम पटेल, दीपक मेहता, मनिश श्रीवास्तव, महम्मद चाँन्द, कन्हैया कुमार साह, साहेब अली धोबी, कृष्ण यादव, अभिषेक चौरसिया लगायतका छन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताको प्रमुख आतिथ्यता एवम् कम्पनीका बीरगन्ज ब्रान्च प्रमुख नितेश कुमार दासको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रेडक्रस सोसाइटी बीरगन्ज प्रमुख सौरभराज पाण्डे, नितेश यादव, लिलाधर साह, रेडक्रस सोसाइटी रेशमकोठीका अभिलाष कुमार गुप्ता लगायतले प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै