भारी परिमाणमा लागू औषधसहित रक्सौलबाट बीरगन्जका एक जना पक्राउ

बीरगन्ज । भारी परिमाणमा लागू औषधसहित रक्सौलबाट बीरगन्जका एक जना युवक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा रक्सौलको कोइरिया टोलास्थित प्रहरीले छापामारी गरी लागू औषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज मूर्ली निवासी राजा हुसैन छन् ।

भारत बिहारको पूर्व चम्पारण मोतिहारीका एसपी स्वर्ण प्रभातका अनुसार रक्सौलको प्रहरी चौकी तथा एएलटीएफको संयुक्त टोलीले छापामारेर भारी परिमाणमा लागू औषध बरामद गरेको हो ।

टोलीले अनुमानित मूल्य करिब ४२ लाखको लागुऔषध चरेस, १०० ग्राम ब्राउन सुगर, लागूऔषध कोरेक्स २२ थान, कोरेक्स सिरपको खाली डब्बा ३२ थान बरामद गरेको उनले बताए ।

यसैगरी नेपाली नम्वरको स्कुटी एक थान तथा थप अर्को  एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाइएको छ ।

छापामारी टोलीमा एसडीपीओ धीरेन्द्र कुमार, पुआनी एकता सागर, परिपुआनी कुमार प्रभात, पीटीसी विकास कुमार लगायतकाे सहभागीता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै