
वीरगन्ज । पर्सा प्रहरीले झण्डै ८८ लाख मूल्यका सामान लोड रहेको ट्रक पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्न महानगरपालिका वडा नम्बर ८ घण्टाघर चोकबाट ट्रक पक्राउ गरेको हो ।
वीरगन्नबाट सप्तरीतर्फ जाँदै गरेको ना ३ ख ६९७१ नम्बरको ट्रकमा बिल बिजकभन्दा बढीका सामान लोड रहेको सूचना प्रहरीलाइ आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दा ट्रकबाट ८७ लाख ६१ हजार ६७० रूपैँया बराबरका औषधीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको सामानसहितको ट्रकलाइ आवश्यक कनरबाहीका लागि राजश्व अनुसन्धान कार्यलय पथलैया बुझाइएको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ ।