ट्रेन्डिङ

साढे ३ तोला सुन चोरी गरेको आरोपमा २ जना पक्राउ

मकवानपुर । सुनको गरगहना चोरी गरेको आरोपमा हेटौँडाबाट दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खोजतलास गरी प्रहरीले उनीहरुलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा-१५ घर भई हाल हेटौँडा ४ भैरवरोडमा बस्ने मनोज पुलामी मगर र हेटौँडा ७ नागस्वतीस्थित शिवशक्ती सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मा रहेका छन् ।

पुलामीमाथि हेटौँडा ८ कमानेका सन्तोष अधिकारीको घरबाट ७ कार्तिकमा सुनका गरगहना र मोबाइल चोरी गरेको बताए ।

सुन चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा पक्राउ परेका पुलामीले चोरीका गहना विश्वकर्मालाई बेचेको बयान दिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार पुलामीले अधिकारीको घरबाट साढे ३ तोला सुन र ५ तोला चाँदीका झुम्का, मंगलसुत्र, पाउजु लगायतका गहना चोरी गरेका थिए ।

पक्राउ परेकाहरूलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै