ट्रेन्डिङ

सञ्चार क्षेत्रको बिकासका लागि ५० करोडको कार्यक्रम ल्याइदैछ : मन्त्री लेखी

सप्तरी । मधेस प्रदेश सरकारको गृह, सञ्चार  तथा कानून मन्त्री राजकुमार लेखीले  मिडियाकर्मी र राजनितीकर्मी कसैले पनि संविधानमा उल्लेखित अधिकारको विषयमा आवाज नउठाउनु दु:खद पुर्ण भएको बताएका छन् ।

 

मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकाको होटेल विल्ला २१ मा आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धि गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

 

उनका अनुसार संघीयता आउदैमा दलित, मुस्लिम, जनजाती, उत्पीडित तथा पिछडिएका वर्ग समुदायले अधिकार पाउदैनन् । त्यसका लागि स्वायत्त क्षेत्र बनाउनु पर्नेमा उनको जोड छ ।

 

मन्त्री लेखीले अहिले प्रदेश नै स्वायत्त नबनिसकेको अवस्था रहेको बताउँदै सम्पूर्ण अधिकार र बजेट संघिय सरकारकै अधीनमा रहेको प्रस्ट्याए ।

 

सञ्चार क्षेत्रको विकास र पत्रकारहरुको वृत्ति विकासका लागि मन्त्रालयले ५० करोडको कार्यक्रम ल्याउन लागेको पनि उनले उल्लेख गरे ।

 

उनी भन्छन्, ‘मैले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीहरुसँग योजना र कार्यक्रम दिनुस भनी माग गरे, तर कुनै पनि पत्रकार महासंघ र काउन्सिलले त्यो गरेनन् ।’

 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवले आचारसंहिता पालना नगर्नेहरु पत्रकार नकहलिने बताए ।

 

मिडिया काउन्सिल मधेस प्रदेशको अध्यक्ष राजेश झाको अध्यक्षता भएको कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नीति आयोग मधेस प्रदेशका सदस्य डा.शिला मिश्र लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कर्ण, सप्तरी शाखाका पुर्व अध्यक्ष द्वय बैधनाथ झा र धिरेन्द्र साहले आ-आफ्नो धारणा राखेका थिए।

 

कार्यक्रममा सप्तरीका क्रियाशिल पत्रकारहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै