
धनुषा । मधेश प्रदेश सरकारले महिला क्रिकेटर पुजा महतोसहित ३ जनालाई सम्मानित गर्ने भएको छ ।
आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका तीन जना मधेशका खेलाडीहरुलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको हो ।
छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गराउन भूमिका खेलेका उनीहरूलाई सम्मानित गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही १ लाख ५१ हजार नगदसहित तीन जनलाई सम्मानित गर्ने मुख्यमन्त्री सतिस सिंहले जनाए ।
यस्तै प्रदेश सरकारले तीन खेलाडीका बुबा आमालाई पनि खाँदा ओढाएर सम्मान गर्ने जनाएको छ ।
राष्ट्रिय टोलीकी कप्तान पुजा महतो, सना प्रविन र अलिशा कुमारी यादव मधेश प्रदेशका खेलाडी हुन् ।
नेपालले बुधबार भएको खेलमा यूएईलाई पछि पार्दै यहि जनवरीमा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा आफ्नो ठाँउ सुरक्षित गरिसकेको छ ।